ओली, लेखक र गुरुङलाई नयाँ कानुन बनाएर कारवाही गर्न मानव अधिकार आयोगको सिफारिस
१३ जेठ, २०८३, बुधवार
- साथै आयोगले मानव अधिकार उलंघनको विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिंदा मानवता र मानव अधिकारको कसुरमा पाश्चात्यदर्शी कानून बनाएर पनि साजय गर्न सकिने सुझाव दिएको छ ।
काठमाडौँ: भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना बारे राष्ट्रिय मानव अधिकार आयोगको छानबिन प्रतिवेदनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई कानुन बनाएर कारवाही गर्न सिफारिश गरेको छ ।
आयोगले ओली र लेखकसहित पुर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई समेत नेपालको संविधानको धारा २४९ को उपधारा २ (ग) बमोजिम गर्न अर्थात कानुन बमोजिम अदालतमा मुद्धा दायर गर्न सिफारिस गरेको छ ।
साथै आयोगले मानव अधिकार उलंघनको विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिंदा मानवता र मानव अधिकारको कसुरमा पाश्चात्यदर्शी कानून बनाएर पनि साजय गर्न सकिने सुझाव दिएको छ ।
उनीहरुलाइ कारवाही र सजाय गर्न नयाँ कानुन निर्माण गर्नु पर्ने देखिन आएको भन्दै आयोगले नयाँ कानून निर्माण गरी ओली, लेखक र गुरुङलाई सोही कानून बमोजिम कारवाही गर्न सिफारिस गरेको छ ।
साथै आयोगले मानव अधिकारसँग सम्वन्धित अन्तर्राष्ट्रिय प्रयोग, अवधारणा र नेपालको आवश्यक्तालाई विचार गर्दा नयाँ बनाइने सो कानूनमा बढीमा ६ महिना कैद वा ३ लाखसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था राख्न, आयोगले कारवाहीका लागि सिफारिस गरेका यस्ता विषयहरुको मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन, राजनीतिक नियुक्ति वा निर्वाचित हुने जुनसुकै पदमा कम्तीमा ५ वर्ष सम्मका लागि उम्मेदव हुन नमिल्ने व्यवस्था गर्न, प्रशासनिक जिम्मेवारीमा कम्तीमा ३ वर्ष सम्मका लागि बन्देज लगाउन, विदेश भ्रमणमा जान कम्तीमा ३ वर्ष सम्म प्रतिबन्ध लगाउन, गम्भीर प्रकारका मानव अधिकार उल्लंघन बाहेक अन्यको घटनाको हकमा सम्बन्धित पीडित तथा अदालतको अनुमतिले सार्वजनिक रुपमा क्षमा माग्ने, उचित क्षतिपूर्ति दिने र मानव अधिकार उलंघनकर्तालाई सजायबाट क्षमा दान दिन सकिने व्यवस्था गर्न र मुद्दा परेपछि जुन सुकै सार्वजनिक पदमा रहेको भएतापनि स्वतः निलम्वन हुने व्यवस्था राख्न सुझाव दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
वाणिज्य बैंकहरूको नाफा १९% ले बढ्यो: ११ महिनामा कमाए ६४ अर्ब ४७ करोड, नबिल शीर्ष स्थानमा
-
नर्वेमाथि इङ्ग्ल्यान्डको जितमा के हो स्पाइडरक्याम विवाद ?
-
एआई कम्पनीका कर्मचारी धनी बन्दै जाँदा सान फ्रान्सिस्कोमा घर किन्न मुस्किल
-
अमेरिकी हस्तक्षेप नरोकिन्जेल होर्मुज बन्द रहने इरानको घोषणा
-
स्विजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।