संसदमा हर्क साम्पाङको सभामुखलाई आग्रह- या त प्रधानमन्त्रीलाई बोलाउनुस या त मलाई निकाल्नुस !
१३ जेठ, २०८३, बुधवार
- बुधबारको प्रतिनिधि सभाको बैठक शुरु हुनै लाग्दा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेखि बनाउनुपर्ने भाग गर्दै प्लेकार्ड देखाएका हुन् । साम्पाङले या त नियमावलीकै व्यवस्था अनुसार प्रधानमन्त्रीलाई संसदमा बोलाउन या नियमावलीकै व्यवस्था अनुसार आफुलाई संसदबाट बाहिर निकाल्न आग्रह गरेका थिए ।
काठमाडौँ: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि प्लेकार्ड देखाएर प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेहि बनाउन माग गरेका छन् ।
बुधबारको प्रतिनिधि सभाको बैठक शुरु हुनै लाग्दा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेखि बनाउनुपर्ने भाग गर्दै प्लेकार्ड देखाएका हुन् । साम्पाङले या त नियमावलीकै व्यवस्था अनुसार प्रधानमन्त्रीलाई संसदमा बोलाउन या नियमावलीकै व्यवस्था अनुसार आफुलाई संसदबाट बाहिर निकाल्न आग्रह गरेका थिए ।
उनले भने- सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नु भएको छैन । त्यसकारणले आजको सदनमा म के भाग गर्छु भने यहाले प्रधानमन्त्रीज्यूलाई नियमको १५ को २ अनुसार सदनमा जवाफदेहि बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ को १ लागु गरेर मलाई यो सदनबाट निस्कासित गरेर गरिमा बढाउन माग गर्दछु ।'
साम्पाङको आग्रहपछि सभामुख अर्यालले रुलिङ गर्न अस्वीकार गरेपछि उनले संसद बैठकबाट बाहिरिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।