प्रतिनिधि सभाको बैठक बस्दै, अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्ने
२०८३ जेठ १३ बुधवार
- संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजेदेखि बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक बर्ष २०८२-०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ ।
काठमाण्डौ, १३ जेठ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजेदेखि बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक बर्ष २०८२-०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, आज राष्ट्रिय सभामा उत्पति भएको अभौतिक संस्कृतिक सम्पदा (संरक्षण) विधेयक- २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।
त्यसैगरी, आजको बैठकमा सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले 'राष्ट्रिय सभामा उत्पति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।