कोशी प्रदेश सभामा विवाद, पूर्व मुख्यमन्त्री राजेन्द्र राईले भाँचे माइक !

१३ जेठ, २०८३, बुधवार
सारांश
  • प्रतिपक्षी दलहरूले मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गर्न समय नदिई पारित गरिएको आरोप लगाउदै प्रदेश सभामा विरोध जनाएका छन् । बुधबार पनि विरोध जारी रहेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

विराटनगर: कोशी प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर विवाद भएको छ । 

 

बुधबार प्रतिपक्षी दलहरूको अवरोधका बीच सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्न खोजेपछि पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोस्ट्रम उक्लिएर माइक भाँचेका छन् । प्रतिपक्षी सांसदको सिटबाट उठेर रोस्ट्रमतर्फ पुगेका राईले माइक तानेर फाल्न खोजेपछि मर्यादापालकहरूले उनलाई त्यहाँबाट हटाएका थिए । 

 

प्रतिपक्षी दलहरूले मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गर्न समय नदिई पारित गरिएको आरोप लगाउदै प्रदेश सभामा विरोध जनाएका छन् । बुधबार पनि विरोध जारी रहेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

 

यसअघि मंगलबार बसेको प्रदेशसभाको बैठकमा विपक्षीको अवरोधका कारण सरकारको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुन सकेको थिएन ।

 

प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गतको छैटौँ बैठकको कार्यसूचीअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्की ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने र त्यसपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम थियो । मुख्यमन्त्री कार्कीले झण्डै एक घण्टा जवाफ दिएपछि सभामुख विष्टले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए । सदनबाट ‘हुन्छ’ भन्ने आवाज आएपछि उनले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेपछि विवाद शुरु भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार