राष्ट्रिय सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची

२०८३ वैशाख ३१ विहिवार
सारांश
  • आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बिहान सवा १ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची रहेको छ ।

काठमाण्डौ, ३१ वैशाख । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बिहान सवा १ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची रहेको छ ।

 

राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने र छलफलको क्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने कार्यसूची रहेको छ ।

 

त्यस्तै आजको बैठकमा अध्यक्षले सरकारको नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

त्यस्तै आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ( कर प्रस्ताव वाहेक) छलफल गरियोस्" भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार