प्रतिनिधि सभामा आज नीति तथा कार्यक्रममाथि छलफलसहित प्रधानमन्त्रीको जवाफपछि पारित गर्ने कार्यसूची
२०८३ वैशाख ३१ विहिवार
- आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक बस्ने भएको हो ।
काठमाण्डौ, ३१ वैशाख । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक बस्ने भएको हो ।
आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची रहेको छ । यसअघि बुधबार विपक्षी दलहरुको प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै संसदमा अवरोध गरेपछि छलफल हुन सकेको थिएन ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सोमबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्रहरूको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले उल्लेख गरेको छ ।
त्यस्तै आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र सभामुखले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजकै बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।
त्यस्तै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले 'प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३' माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनको व्यापार बचत १० खर्ब डलर नाघ्यो, निर्यातमा नयाँ कीर्तिमान
-
एनभिडिया प्रमुख हुआङको सम्पत्तिमा एकैदिन ७ अर्ब ४० करोड डलरले घट्यो
-
शेख हसिनालाई नयाँ राहदानी नदिने बङ्गलादेशको निर्णय
-
ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने धम्कीबाट पछि हटेपछि तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल
-
एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।