- मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थापाले रास्वपा कुनै वैचारिक दल नभएको टिप्पणी गर्दै रास्वपा अराजक जमातको अस्थायी गठजोड भएको आरोप लगाएका हुन् ।
काठमाडौं: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अराजक जमातको अस्थायी गठजोड भएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थापाले रास्वपा कुनै वैचारिक दल नभएको टिप्पणी गर्दै रास्वपा अराजक जमातको अस्थायी गठजोड भएको आरोप लगाएका हुन् ।
साथै उनले रास्वपाको सफलता एआई र अल्गोरिदमको जादु, विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम भएको दाबि गरे ।
उनले भने- 'प्रतिनिधि सभा तथा संघीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो। यो लक्ष्य प्राप्त गर्न पनि रास्वपा सफल रह्यो । यो सफलता त दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो ।’
साथै नेता थापाले नेपाली सेनाको आलोचना गर्दै आफ्नै परमाधिपतिको निवास जल्दा मौन रहेको सेना सुकुम्बासीको बस्तिमा किन गएको भन्दै प्रश्न गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।