बन्दूकले उत्पीडित समुदायका प्रतिनिधिहरू सांसद र मन्त्री बन्ने ढोका खोल्यो- प्रचण्ड
२९ बैसाख, २०८३, मगलवार
- मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रचण्डले सामन्तवादविरुद्ध आफुहरुले उठाएको बन्दूकले ढोका खोलेकोकै कारण आज उत्पीडित समुदायका प्रतिनिधिहरू सांसद र मन्त्री बन्न सकेको स्पष्ट गरे ।
काठमाडौँ: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमा नै केही पात्रहरू अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रचण्डले सामन्तवादविरुद्ध आफुहरुले उठाएको बन्दूकले ढोका खोलेकोकै कारण आज उत्पीडित समुदायका प्रतिनिधिहरू सांसद र मन्त्री बन्न सकेको स्पष्ट गरे ।
उनले शान्ति प्रक्रियापछिको मधेशी अभियानको स्मरण गर्दै भने- 'शान्तिप्रक्रियालगत्तै काठमाडौंका भित्ताहरूमा हामीले मधेशी हुनुको गर्व स्थापित गर्न अभियान सञ्चालन गरेका थियौं। काठमाडौंसँग मधेशले काठमाडौंमै आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भीक दाबी यसअघि कहिल्यै गरेको थिएन ।'
प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको उदयलाई क्रान्तिको जीतको रूपमा व्याख्या गर्दै भने - बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जीत हो ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।