- मंगलबार संसदको विशेष समयमा बोल्दै पुनले सरकारको नीति तथा कार्यक्रममा विज्ञान र अनुसन्धानलाई प्राथमिकता नदिइएको भन्दै आक्रोश पोखेका हुन् । उनले ४६ पृष्ठ लामो नीति तथा कार्यक्रममा ‘विज्ञान’ शब्दसमेत उल्लेख नभएको भन्दै आश्चर्य व्यक्त गरेका थिए ।
काठमाडौँ: स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान र प्रविधि क्षेत्रलाई उपेक्षा गरेको भन्दै प्रतिनिधिसभामा कडा असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबार संसदको विशेष समयमा बोल्दै पुनले सरकारको नीति तथा कार्यक्रममा विज्ञान र अनुसन्धानलाई प्राथमिकता नदिइएको भन्दै आक्रोश पोखेका हुन् । उनले ४६ पृष्ठ लामो नीति तथा कार्यक्रममा ‘विज्ञान’ शब्दसमेत उल्लेख नभएको भन्दै आश्चर्य व्यक्त गरेका थिए ।
पुनले विज्ञान र अनुसन्धानका लागि पर्याप्त बजेट विनियोजन नभए आफूले सामाजिक सञ्जालमार्फत दिएको ‘सराप’ कायम रहने चेतावनीसमेत दिए । सरकारले सुधार गरे आफू उक्त अभिव्यक्ति फिर्ता लिन तयार रहेको उनले बताए ।
उनले भने- उनले भने, ‘मैले हिजो बेलुका आवेशमा आएर फेसबुकमा सबै नेताहरूलाई सराप दिएको थिएँ। कसैको पनि दिमागमा विज्ञान र अनुसन्धान भन्ने कुरा नपसोस् भनेर त्यो रिस व्यक्त गरेको हुँ । तर यदि सरकारले यसलाई सुधार्छ भने म आफ्नो सराप फिर्ता लिन तयार छु।’
उनले विज्ञानबिना कुनै पनि देशको अर्थतन्त्र बलियो बन्न नसक्ने उल्लेख गर्दै अनुसन्धान र नवप्रवर्तनका लागि कुल गार्हस्थ्य उत्पादनको कम्तीमा १ प्रतिशत बजेट छुट्याउन माग गरे । त्यस्तै उनले विज्ञान तथा प्रविधिका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग राखेका छन् ।
सांसद पुनले नयाँ सरकारले पनि विज्ञानको महत्व नबुझेको भन्दै आलोचना गरेका छन् । उनले भने- उनले भने, ‘पुराना नेताहरूको त उमेरका कारण दिमागले भेटेन होला, तर अहिलेको युवा नेतृत्वले पनि विज्ञानको महत्व नबुझ्नु विडम्बना हो। विज्ञानबिना कुनै पनि देशको अर्थतन्त्र बलियो हुन सक्दैन भन्ने कुरा संसारले पुष्टि गरिसकेको छ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पश्चिमी तथा मध्य तराईमा आजपनि अत्यधिक गर्मी, बाँकेको बैजापुरमा ४०.१ डिग्री तापक्रम
-
केप भर्डेको विश्वकपमा ऐतिहासिक यात्रा, अब अर्जेन्टिनाविरुद्ध नयाँ परीक्षा
-
कति स्थानीय तहले ल्याए बजेट ?
-
नर्वेविरुद्ध डेम्बेलेको ह्याट्रिक, सेनेगलको नकआउटको सम्भावना बलियो
-
भेनेजुएलाको भूकम्पमा ज्यान गुमाउनेको संख्या ९२० पुग्यो
धेरै पढिएको
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।