हर्क साम्पाङको प्रश्न- सरकारको प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ?

२९ बैसाख, २०८३, मगलवार
सारांश
  • मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भन्दै प्रश्न उठाएका छन् ।

काठमाडौँ: श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा जवाफ दिनुपर्ने बताएका छन् ।

 

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भन्दै प्रश्न उठाएका छन् ।

 

उनले भने- 'यो सरकारको प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ? छ भने उहाँले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको जबाफ नदिनु भनेको जनताका प्रश्नको उत्तर नदिनु हो ।’

 

उनले अहिले जनता सरकारसँग डराएर बाँच्नुपर्ने अवस्था आएको भन्दै लोकतन्त्र यहि हो त ? भन्दै प्रश्न गरेका छन् । उनले बैठकमा सांसदहरूको उपस्थिति र खाली देखिएका कुर्सी बारे पनि प्रश्न उठाउदै उनले सभामुखको समेत ध्यानाकर्षण गराएका थिए ।

 

साम्पाङले सरकारले नीति तथा कार्यक्रम ल्याउदा विपक्षी दलहरुसँग छलफल नगरेको भन्दै आलोचना गर्दै इमान्दार नभएसम्म र नियत ठिक ठाउमा नआएसम्म जस्तो नीति ल्याएपनि केहि नहुने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार