नीति तथा कार्यक्रम 'बहिष्कार' गरेको भन्दै काँग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ
२९ बैसाख, २०८३, मगलवार
- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहले संसद् बैठक छाडेर हिँडेको विषयमा असहमति राख्दै सो कार्य असंबैधानिक भएको बताएको छ ।
काठमाडौं: प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुदा प्रधानमन्त्रीले गरेको व्यबहार बारे प्रश्न गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहले संसद् बैठक छाडेर हिँडेको विषयमा असहमति राख्दै सो कार्य असंबैधानिक भएको बताएको छ ।
काँग्रेसकी प्रमुख सचेतक बासना थापाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री संसदबाट बाहिरिनु संवैधानिक नैतिकताविपरीत भएको बताएकी थिइन् ।
उनले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै बहिष्कार गर्ने कुन संवैधानिक र नैतिक मर्यादा हो ? भन्दै यस विषयमा प्रधानमन्त्रीबाट जवाफ माग गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।