प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण गर्न कांग्रेसको माग

२९ बैसाख, २०८३, मगलवार
सारांश
  • प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेम्बेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अचानक बैठकबाट बाहिर स्वास्थ्य बिग्रिएर गएको भन्ने विषय आएकाले प्रधानमन्त्रीको स्वास्थ्य बारे संसदलाई जानकारी दिन माग गरेका हुन् ।

काठमाडौँ: नेपाली काँग्रेसका नेता भिष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको स्वास्थ्य बारे संसदलाई जानकारी दिन माग गरेका छन् ।

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेम्बेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अचानक बैठकबाट बाहिर स्वास्थ्य बिग्रिएर गएको भन्ने विषय आएकाले प्रधानमन्त्रीको स्वास्थ्य बारे संसदलाई जानकारी दिन माग गरेका हुन् । उनले प्रधानमन्त्रीका कारण संसदीय समितिका बैठक समेत प्रभावित भएको प्रति उनले सरकार र रास्वपाको ध्यानाकर्षण गराए । उनले करिब दुई तिहाइको जित हासिल गर्दा पनि एउटा गृहमन्त्री नियुक्त समेत गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।

 

साथै उनले तत्कालीन गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न सरकार हिच्किचाएको भन्दै प्रश्न गरेका छन् । उनले भने- 'अरूलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट अल्गोरिदमिक खेदाइ गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरूको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो ? तत्कालीन गृहमन्त्री माथिको आरोपहरूको निष्पक्ष छानबिन किन हच्किएको म सभामुखज्यूमार्फत सोध्न चाहन्छु ।’

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार