संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बस्दै, राष्ट्रपतिले सम्बोधन गर्ने
२०८३ वैशाख २८ सोमवार
- आज संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैछ ।
काठमाण्डौ, २८ वैशाख । आज संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज दिउसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दैछ ।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ । राष्ट्रपति पौडेलले संबिधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
संसद सचिवालयले दुवै सदनका सांसदहरुलाई दिनको ३: ४५ बजेनै बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।