हर्क साम्पाङको प्रश्न- बजेट राष्ट्रिय बजेट हो कि रास्वपाको बजेट हो ?

२८ बैसाख, २०८३, सोमवार
सारांश
  • सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रतिपक्षी दलसँग छलफल नगरी एकलौटी रूपमा बजेट ल्याउन लागेको आरोप लगाउदै यो बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बजेट हो भन्दै प्रश्न गरेका थिए ।

काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले ल्याउने बजेट बारे प्रतिपक्षीसँग छलफल नगरेको भन्दै आलोचना गरेका छन् । 

 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रतिपक्षी दलसँग छलफल नगरी एकलौटी रूपमा बजेट ल्याउन लागेको आरोप लगाउदै यो बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बजेट हो भन्दै प्रश्न गरेका थिए । 

 

राज्य ढुकुटी भएकाले सबैसँग छलफल गरेर बजेट बनाउनुपर्नेमा जोड दिए । उनले भने- 'यो बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बजेट हो, बजेट सरकार र सरकारमा बस्नेको गोजीको पैसा हो ? राष्ट्रिय ढुकुटी भए प्रतिपक्षीसँग सल्लाह गरेर सबैतिरको जनताको सेवा सुविधा सम्बोधन गर्ने गरी बजेट बनाउनुपर्ने होइन र ?'

 

उनले सरकारले लिएको ऋणको औचित्य पुष्टि गर्न आग्रह गर्दै विदेशी ऋण लिने विषय संसदमा छलफल गर्न माग गरेका थिए ।  

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार