कानुन दिवसमा प्रधानमन्त्री र कानुनमन्त्रीको अनुपस्थितिप्रति महेश बस्नेतले उठाए प्रश्न
२७ बैसाख, २०८३, आइतवार
- शनिबार सम्पन्न कानुन दिवस कार्यक्रममा कार्यपालिकाको अनुपस्थिति सामान्य प्रोटोकलको विषय मात्र नभएर राज्यका अङ्गहरूबीच बढ्दो दूरीको संकेत भएको उल्लेख गर्दै नेता बस्नेतले प्रश्न उठाएका हुन् ।
काठमाडौँ: नेकपा एमालेका सचिव महेश बस्नेतले कानुन दिवसमा कार्यपालिकाको अनुपस्थितिप्रति प्रश्न उठाएका छन् ।
शनिबार सम्पन्न कानुन दिवस कार्यक्रममा कार्यपालिकाको अनुपस्थिति सामान्य प्रोटोकलको विषय मात्र नभएर राज्यका अङ्गहरूबीच बढ्दो दूरीको संकेत भएको उल्लेख गर्दै नेता बस्नेतले प्रश्न उठाएका हुन् ।
उनले राष्ट्रपति उपस्थित हुने तर प्रधानमन्त्री र कानुनमन्त्रीसम्म अनुपस्थित हुनु लोकतान्त्रिक समन्वयको दृष्टिले राम्रो सन्देश नभएको उनको जिकिर छ ।
उनले व्यक्तिको अहंकारले राज्यका तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीच अविश्वास, टकराव र बढ्दै जाँदा त्यसको असर अन्ततः जनतामाथि पर्ने बताएका छन् ।
उनले यसले संविधान कमजोर हुने, संस्थागत सन्तुलन बिग्रिने र शासन प्रणाली अराजकतातर्फ धकेलिने दाबि गरेका छन् । नेता बस्नेतले लोकतन्त्रमा असहमति भएपनि संवाद र सम्मान हराउन नहुने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।