स्वर्णिमलाई हटाउन सुझाव दिदै गोकुल बास्कोटाले भने- किक आउट हिम, पिएम !

११ कार्तिक, २०८३
सारांश
  • नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पदबाट हटाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन् ।

काठमाडौँ : नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पदबाट हटाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन् ।

 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले डा. वाग्लेलाई बेपर्वाह नव लेण्डुपको संज्ञा दिदै पदबाट हटाउन सुझाव दिएका हुन् ।

 

उनले भनेका छन्- न राष्ट्र संघ न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग । तर पृथ्वी नारायण शाहले परराष्ट्र सम्बन्धलाई झिकी कटक-जाई कटक र दुई ढुंगाको तरुलको सुत्रमा बाँधेका थिए । अहिले बेपर्वाह नव लेण्डुप उफ्रने ? किक आउट हिम, पिएम ।

 

हालै भारत भ्रमणका क्रममा डा. वाग्लेले भारतको विरोध गरेर मात्रै राष्ट्रवादी देखिने युग सकिएको भन्ने अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार