स्थानीय सरकार सशक्त बनाउन प्रशासकीय प्रमुख पठाइयो तर हस्तक्षेप कायम छ : पराजुली
२०८३ वैशाख १३ आइतवार
- पराजुलीले संविधानले समन्वय, सहकार्य र सहअस्तित्वको भावनालाई स्पष्ट रूपमा स्थापित गरेको उल्लेख गर्दै स्थानीय कार्यपालिका र अधिकारबारे संविधानमै प्रस्ट व्यवस्था गरिएको बताए।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संसदीय दलका उपनेता गणेश पराजुलीले संघीय सरकारले स्थानीय सरकारलाई सशक्त बनाउन प्रशासकीय प्रमुख पठाएपनि व्यवहारमा राजनीतिक हस्तक्षेप र भ्रष्टाचारले स्थानीय तह कमजोर बनेको बताएका छन् ।
न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उनले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गर्दै संविधानमार्फत तीन तहको सरकार निर्माण गरिएको स्मरण गराए ।
उनले भने, ‘बहुजाती, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीच सामाजिक, सांस्कृतिक एकता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै संविधानमार्फत हामीसँग तीन तहको सरकार बनेको छ । तीन तहको सरकारमध्ये स्थानीय तहलाई जवाफदेही र प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर प्रयास भइरहेको छ ।’
पराजुलीले संविधानले समन्वय, सहकार्य र सहअस्तित्वको भावनालाई स्पष्ट रूपमा स्थापित गरेको उल्लेख गर्दै स्थानीय कार्यपालिका र अधिकारबारे संविधानमै प्रस्ट व्यवस्था गरिएको बताए।
उनले भने, ‘संविधानको भाग १७ अर्थात धारा २१४ मा स्थानीय कार्यपालिकाको व्याख्या गरिएको छ। भाग १८ अर्थात धारा २२१ मा स्थानीय कार्यपालिकाको स्पष्टसँग व्याख्या गरिएको छ। अधिकारहरू तय गरिएका छन् । स्थानीय तहले बनाउने कानुन, कर प्रणालीलगायत सबै विषयमा संविधानमा स्पष्ट रूपमा लेखिएको छ।’
उनले संघीय सरकारले स्थानीय सरकारलाई सशक्त बनाउन प्रशासकीय प्रमुख पठाएको भएपनि विगतको अभ्यासमा त्यसको उद्देश्य कमजोर बनेको टिप्पणी गरे।
उनले भने, ‘सहकार्यको मर्मअनुसार संघीय सरकारले स्थानीय सरकारलाई सशक्त बनाउन प्रशासकीय प्रमुख पठाएको हो । तर विगतको ३७ वर्षमा अभ्यास के भयो भने संघले पठाउने प्रशासकीय प्रमुख भनेअनुसार हुनुपर्छ, मेरो राजनीतिक दलको सदस्यता लिएको हुनुपर्छ भन्ने आचरण जस्तो भयो । अनि त्यहाँ मच्चाइने भ्रष्टाचार र लुटतन्त्रलाई साथ दिनुपर्छ भन्ने स्पष्ट भयो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्थानीय सरकार सशक्त बनाउन प्रशासकीय प्रमुख पठाइयो तर हस्तक्षेप कायम छ : पराजुली
-
लोकतन्त्र व्यवहारिक हुनुपर्नेमा चालिसेको जोड, संघीयता विरुद्ध नकारात्मक प्रचारप्रति आपत्ति
-
सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित
-
विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्का प्राप्त गर्ने प्रकरणमा थप २ जना पक्राउ
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइयो
धेरै पढिएको
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
विशेष
मन्त्रीहरुको पृष्ठभूमिको अध्ययन किन भएन ?
प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ ।