- शुक्रबार संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अन्तरिमको मुख्य कार्यभार चुनाव गराउनु रहेको र त्यो शान्तिपूर्णरुपमा सफल भइसकेपछि मुलुक लयमा फर्किएको बताएका हुन् ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सफल रुपमा निर्वाचन गरेपछि मुलुक लयमा फर्किएको बताएका छन् ।
शुक्रबार संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अन्तरिमको मुख्य कार्यभार चुनाव गराउनु रहेको र त्यो शान्तिपूर्णरुपमा सफल भइसकेपछि मुलुक लयमा फर्किएको बताएका हुन् ।
उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिमक सरकारले गराएको निर्वाचनबाट होनाहार युवासहितको जनप्रतिनिधि निर्वाचित भएर नयाँ सरकार गठन भई काम शुरु गरिसकेको समेत बताए ।
उनले जनताको आकांक्षा पूरा गर्न नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माणमा जोड दिदै निर्माण भएका कानुनहरूको प्रभावकारी र परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहने बताए ।
राष्ट्रपतिले भने- 'जनताको चाहाना पूरा गर्न संसदले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ । निर्माण भएको कानुनको पनि प्रभावकारी र परिणाममुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिने छ भन्ने विश्वास दिलाउन चाहन्छु । न्यायपालिकाबाट छिटो, छरितो स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सक्यो भने मात्र परिवर्तनका लागि अमुल्य जीवन उत्सर्ग गर्ने सहीदहरुप्रति साँचो अर्थमा सम्मान हुनेछ ।’
उनले नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीप्रति युवा पुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको उल्लेख गर्दै जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सबै तहमा भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना चाहेको बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’