पुर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने बारे प्रचण्डले के भने ?

१५ चैत्र, २०८२, आइतवार
सारांश
  • आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने कुरा आफूले संसदमा उठाएको बताउदै भने- 'हामीले भनेकै कुरा हो । मैले पार्लियामेन्ट पनि यस विषयमा बोलेको छु । पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्नुपर्ने हामीले भनेकै कुरा हो ।'

काठमाडौं: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको विषय भएको प्रतिक्रिया दिएका छन् ।

 

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने कुरा आफूले संसदमा उठाएको बताउदै भने- 'हामीले भनेकै कुरा हो । मैले पार्लियामेन्ट पनि यस विषयमा बोलेको छु । पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्नुपर्ने हामीले भनेकै कुरा हो ।'

 

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि राजनीतिक पूर्वाग्रह नराखी अनुसन्धान हुनुपर्ने बताए । उनले राजनीतिक पूर्वाग्रह नराखी स्वतन्त्र ढंगले छानबिन हुनुपर्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार