जेनजी आन्दोलनको प्रतिवेदनप्रति नेपाल बार एसोसिएसनको गम्भीर आपत्ति
२०८२ चैत्र १२ विहिवार
- महासचिव केदारप्रसाद कोइरालाका अनुसार, प्रतिवेदनमा कानुन व्यवसाय र न्यायपालिकाप्रति समाजमा नकारात्मक भ्रम फैलाउने शब्दावली प्रयोग गरिएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे कार्की आयोगले बुझाएको प्रतिवेदनप्रति नेपाल बार एसोसिएसनले तीव्र असन्तुष्टि व्यक्त गरेको छ।
आयोगले आफ्नो क्षेत्राधिकार नाघेर न्यायालय र कानुन व्यवसायीको मानमर्दन हुने गरी प्रतिवेदन तयार पारेको बारको निष्कर्ष छ।
महासचिव केदारप्रसाद कोइरालाका अनुसार, प्रतिवेदनमा कानुन व्यवसाय र न्यायपालिकाप्रति समाजमा नकारात्मक भ्रम फैलाउने शब्दावली प्रयोग गरिएको छ।
प्रतिवेदनले न्यायालयलाई 'वकिलको स्वर्ग' भनी टिप्पणी गरेको र वकिलको शुल्कका विषयमा आपत्तिजनक कुरा उल्लेख गरेको भन्दै बारले यसलाई स्वीकार नगर्ने बताएको छ। यस विषयमा थप छलफल र आधिकारिक धारणा तय गर्न बारले आज दिउँसो १:३० बजे सल्लाहकार समिति र संवैधानिक समितिको बैठक बोलाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’