गृहमन्त्री अर्यालको बिदाई

१२ चैत्र, २०८२, बिहिवार
सारांश
  • कार्यक्रममा बोल्दै मन्त्री अर्यालले असामान्य राजनीतिक अवस्थाबीच गृहमन्त्रीको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै यस अवधिमा शान्ति सुरक्षा सामान्य बनाउने, सुशासन सुदृढ गर्ने र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने मुख्य चुनौती सामना गर्नुपरेको बताए ।

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्याललाई एक कार्यक्रमका बीच औपचारिक विदाई गरिएको छ।

 

विहिबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालको विदाई गरिएको हो ।

 

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले असामान्य राजनीतिक अवस्थाबीच गृहमन्त्रीको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै यस अवधिमा शान्ति सुरक्षा सामान्य बनाउने, सुशासन सुदृढ गर्ने र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने मुख्य चुनौती सामना गर्नुपरेको बताए ।

 

उनले जनआन्दोलनपछि ध्वस्त संरचनाको व्यवस्थापन, हिंसा नियन्त्रण र कानुनी राज्यको स्थापना प्राथमिकतामा राखिएको बताउदै यस क्रममा सुरक्षाकर्मीको मनोबल बढाउँदै देशको सुरक्षा अवस्था सुधार गर्न पहल गरिएको उनले बताए ।

 

त्यस्तै आवश्यक सुरक्षा तयारी र प्रशासनिक समन्वयमार्फत निर्धारित समयमै निर्वाचन सम्पन्न गरिएको दाबी गर्दै उनले यसले लोकतन्त्रप्रतिको प्रतिबद्धता झल्काएको उल्लेख गरे ।

 

आफ्नो कार्यकालमा भएका मुख्य कामहरू अभिलेखका रूपमा मन्त्रालयमा हस्तान्तरण गरिएको जानकारी दिँदै उनले अब नवनिर्वाचित सरकारलाई जिम्मेवारी सुम्पिएको घोषणा गरेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार