नेपाली सेनाका ९६ प्राविधिक उप सेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

२०८२ फागुन २५ गते सोमवार
सारांश
  • समारोहमा बलाधिकृत, रथीवृन्द, अधिकृतहरूका साथै दर्ज्यानी चिन्ह प्राप्त गर्ने अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।

काठमाडौँ: नेपाली सेनाको प्राविधिक अधिकृत आधार तालिम सम्पन्न गरेका ९६ जना प्राविधिक उप सेनानीहरुलाई प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

 

सैनिक प्राड सेवा, सैनिक प्राविधिक सेवा, सैनिक हवाई सेवा र सैनिक विविध सेवा तर्फका प्राविधिक अधिकृतहरूले नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीमा गत मङ्सिर १६ गतेदेखि फाल्गुण २५ गतेसम्म सञ्चालन भएको सिसं ३६ प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका थिए ।

 

समारोहमा बलाधिकृत, रथीवृन्द, अधिकृतहरूका साथै दर्ज्यानी चिन्ह प्राप्त गर्ने अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार