समानुपातिकमा कसले कति मत पाए ?

२०८२ फाल्गुण २३ शनिवार
सारांश
  • प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ ।

काठमाण्डौ, २३ फाल्गुण । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ ।

 

समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म २ लाख ११ हजार ७२ मत गणना भएको छ ।

 

जसमा रास्वपाले एक लाख १४ ह्ह्जर ४४७ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ५४.२ प्रतिशत रहेको छ ।

 

त्यस्तै नेपाली कांग्रेसले ३५ हजार १४५ मत अर्थात १६.६ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले २५ हजार ९०७ अर्थात् १२.२७ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै राप्रपाले १० हजार १६२ मत पाएको छ भने नेपाली कम्युनिष्ट पार्टीले ८ हजार ६९२ मत प्राप्त गरेको छ ।

 

त्यस्तै श्रम संस्कृति पार्टीले ६००२ मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले ३५५५ मत प्राप्त भएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार