सबै दल मिलेर देश बचाउनु पर्ने समय आयो, संविधान सुधारमा कांग्रेसले नेतृत्व लिन्छ : डा. शेखर कोइराला
२०८२ फाल्गुण २१ विहीवार
- मुलुकमा देखिएको अस्थिरताबारे बोल्दै डा. कोइरालाले अहिले नयाँ वा पुराना दल भन्नुभन्दा पनि सबै मिलेर देश बचाउनु पर्ने बेला आएको उल्लेख गर्नुभयो।
मोरङ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अस्थिरतालाई चिर्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताउनुभएको छ। आज आफ्नो निर्वाचन क्षेत्रमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. कोइरालाले देश अहिले अत्यन्तै अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो।
अन्तर्वार्ताका क्रममा डा. कोइरालाले अबको संसदको मुख्य काम संविधानमा आवश्यक सुधार गर्नु रहेको बताउनुभयो। "मलाई लाग्छ, संविधानमा केही सुधारहरू गर्नुपर्ने आवश्यकता छ," उहाँले भन्नुभयो, "त्यसमा सबै दललाई मिलाएर संविधान सुधारको दिशामा अगाडि बढ्नुपर्छ।"
नेपाली कांग्रेस एक मध्यममार्गी पार्टी भएको नाताले संविधान संशोधन र सबैलाई समेट्ने कार्यमा कांग्रेसले नै पहलकदमी लिने उहाँले दाबी गर्नुभयो। "नेपाली कांग्रेसले नै पहल गर्छ, अरु पार्टीहरूले त के पहल गर्न सक्ने कुरै भएन," उहाँले थप्नुभयो।
निर्वाचनपछिको सरकार गठनका बारेमा बोल्दै डा. कोइरालाले नेपाली कांग्रेस नै सबैभन्दा ठूलो दल बन्ने विश्वास व्यक्त गर्नुभयो। यद्यपि, सरकार कसरी बन्छ भन्ने कुरा निर्वाचनको अन्तिम मतपरिणाम र दलहरूको सिट संख्यामा निर्भर हुने उहाँको तर्क थियो। साना दलहरूको 'म्याजिक नम्बर' ले फेरि पनि राजनीतिमा प्रभाव पार्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, "तपाईंहरूलाई त्यस्तो लाग्छ होला, मलाई त लाग्दैन।"
मुलुकमा देखिएको अस्थिरताबारे बोल्दै डा. कोइरालाले अहिले नयाँ वा पुराना दल भन्नुभन्दा पनि सबै मिलेर देश बचाउनु पर्ने बेला आएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, "देश अप्ठ्यारो परिस्थितिमा छ। न राजनीतिक स्थिरता छ, न सामाजिक, न त आर्थिक। त्यसैले संसदमा जाने हामी सबैले मिलेर देश बनाउनेतिर लाग्नुको अर्को विकल्प छैन।"
डा. कोइरालाले निर्वाचनपछि बन्ने संसदले ऐन, नियम र कानुन निर्माणसँगै मुलुकलाई निकास दिने विश्वास समेत व्यक्त गर्नुभयो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।