नवलपरासी पश्चिमका रास्वपा सभापति ठकुरी काँग्रेसमा प्रवेश

२०८२ फाल्गुण १४ विहीवार
सारांश
  • यस क्षेत्रबाट गत निर्वाचनमा काँग्रेसका विनोद चौधरी विजयी भएका थिए भने उनी यस पटक पनि चुनावी मैदानमा रहेका छन् ।

नवलपरासी: नवलपरासी पश्चिमका रास्वपा सभापति महेन्द्र सिंह ठकुरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

 

विहिबार नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरीलाई काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसमा स्वागत गरेका हुन् । ठकुरीलाई कांग्रेसका कार्यकर्ताले १०८ किलोको मालाले पार्टीमा स्वागत गरेका थिए ।

 

ठकुरीले २०७९ को निर्वाचनमा नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्दै १२ हजार ४९९ मत प्राप्त गरेर तेस्रो भएका थिए । यस पटक यस क्षेत्रमा रास्वपाले पुर्व काँग्रेस नेता विक्रम खनाललाई उम्मेदवार बनाएको छ ।

 

यस क्षेत्रबाट गत निर्वाचनमा काँग्रेसका विनोद चौधरी विजयी भएका थिए भने उनी यस पटक पनि चुनावी मैदानमा रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार