गगन थापालाई देशको प्रधानमन्त्रीमा जनताले अनुमोदन गर्नेछन्- उपसभापति भुसाल
२०८२ फाल्गुण १४ विहीवार
- नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले काँग्रेस सभापति गगन थापालाई देशको प्रधानमन्त्रीमा अनुमोदन गर्न आग्रह गरेकी छन् ।
सुर्खेत, १४ फाल्गुण । नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले काँग्रेस सभापति गगन थापालाई देशको प्रधानमन्त्रीमा अनुमोदन गर्न आग्रह गरेकी छन् ।
विहिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति भुसालले गगन थापालाई देशको प्रधानमन्त्री बनाउन काँग्रेस केन्द्रिय समितिले अनुमोदन गरेर अब जनतामा अनुमोदनको लागि अगाडी सारेको बताएकी हुन् ।
नेतृ भुसालले काँग्रेसले पार्टीमा व्यापक परिवर्तन गरेर नयाँ पुस्ताको चाहाना अनुसारको नेतृत्व लिएर चुनावमा आएको बताउदै काँग्रेसलाई मत दिन आग्रह गरेकी थिइन् । उनले काँग्रेसले कुनै किसिमको भड्काउ र उग्र अभिव्यक्ति नदिने स्पष्ट गर्दै विकासका एजेण्डा अगाडी सारेर निर्वाचनमा आएको बताएकी थिइन् ।
उनले नेपाली काँग्रेस किसान, गरिबको पार्टी बन्न चाहेको बताउदै आफुहरु जनताबाट अनुमोदन भएर सरकारमा जानेमा आशावादी रहेको बताएकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
-
नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न
-
बजेटप्रति असन्तुष्टि जनाउदै सुदूरपश्चिमा एमालेका सांसदले दिए राजीनामा
-
एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’