रामकुमारी झाँक्री भन्छिन्- सतर्क बनौँ, सिंहदरबार जलाउनेहरू भोट माग्न आएका त छैनन् ?

२०८२ फाल्गुण १३ बुधवार
सारांश
  • नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सिंहदरबार जलाउनेहरू आन्दोलनको स्टेकहोल्टर दाबी गर्दै अहिले भोट माग्न आएका त छैनन् भन्दै टिप्पणी गरेकी छन् ।

काठमाण्डौ, १३ फाल्गुण । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सिंहदरबार जलाउनेहरू आन्दोलनको स्टेकहोल्टर दाबी गर्दै अहिले भोट माग्न आएका त छैनन् भन्दै टिप्पणी गरेकी छन् ।

 

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै  झाँक्रीले विगतमा नवयुवालाई मानव ढालका रूपमा प्रयोग गरी हिंसामा उक्साइएको घटनालाई आफूहरूले नबिर्सिएको, नबिर्सने र माफी नदिने उल्लेख गरेकी छन् ।

 

उनले भनेकी छन्- हाम्रा नवयुवालाई मानव ढालको रूपमा प्रयोग गरेर हत्या गर्न उक्साएको हामीले नविर्सेका छौं, न विर्सने छौं, न माफ गर्नेछौं । र, जलाएको सिंहदरवार, जलाएको सर्वोच्च अदालत, खरानी बनाएको संसद भवन, जलाएको राष्ट्रपति भवनः हामी विर्सेका छैनौ । बिर्सने छैनौ ।'

 

उनले सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन तथा राष्ट्रपति भवन जलाइएका घटनाको स्मरण गराउँदै ती घटनाबाट सयौँ युवाका सपना उजाडिएको दाबी गरिन् ।

 

झाँक्रीले आम नागरिकलाई एकपटक सोच्न आग्रह गर्दै ती विध्वंसकारी गतिविधिमा संलग्नहरू अहिले कहाँ छन् भन्ने प्रश्न उठाएकी छन् ।  उनले राष्ट्रका धरोहरमा आगजनी गर्नेहरूबाट सतर्क रहन समेत आग्रह गरेकी छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार