- बुधबार सूर्यविनायक नगरपालिका–३ स्थित बालकोटमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले तीन दिनदेखि अभियान निरन्तर जारी रहेको र मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताए ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी एमाले का सचिव तथा भक्तपुर जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले चुनावी घरदैलो अभियान उत्साहपूर्ण रुपमा अघि बढिरहेको बताएका छन्।
बुधबार सूर्यविनायक नगरपालिका–३ स्थित बालकोटमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले तीन दिनदेखि अभियान निरन्तर जारी रहेको र मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताए ।
उनले भने, ‘हामीले सुरु गरेको घरदैलो अभियान उत्साहपूर्ण देखिएको छ। हामी जुन वडामा पुग्छौँ, त्यहीँका स्थानीय कार्यकर्तालाई परिचालन गरेका छौँ। अन्य दलजस्तो बाहिरबाट कार्यकर्ता ल्याएर कार्यक्रम गर्ने शैली हाम्रो छैन।’
बस्नेतले विगतमा बालकोट क्षेत्र एमालेका लागि कमजोर मानिने गरेको उल्लेख गर्दै पछिल्लो समय विकास निर्माणका कामले पार्टीको प्रभाव बढेको दाबी गरे। ‘पहिले कमजोर ठानिएको क्षेत्रमा अहिले राम्रो उपस्थिति देखिएको छ। यसले निर्वाचनमा सकारात्मक परिणाम आउने संकेत दिएको छ,’ उनले भने।
मतदानको आँकडा प्रस्तुत गर्दै उनले क्षेत्र नम्बर २ मा ९८ हजारभन्दा बढी मतदाता रहेको बताए। ‘करिब ७० प्रतिशत मतदान हुने अनुमान छ। त्यसमा हामीले ४१ देखि ५० प्रतिशत मत प्राप्त गर्ने लक्ष्य लिएका छौँ। कम्तीमा ३० हजार मत आउने हाम्रो अपेक्षा छ,’ बस्नेतले बताए।
घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ता, युवा तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो । एमालेले निर्वाचन नजिकिँदै जाँदा मतदाता भेटघाट, विकासका योजना सार्वजनिक गर्ने र प्रचार अभियानलाई अझ तिव्र बनाउने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
-
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
-
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड
-
‘इनम प्रकरण’ मा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ- विश्वप्रकाश शर्मा
-
सानेपाको विवादमा देउवा समूहको जवाफ– कांग्रेसको नाममा महाधिवेशन रोक्न कसैलाई अधिकार छैन
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।