निर्वाचन क्षेत्र: प्यूठानको चुनावी गणित, थापा-पोखरेलबीच प्रतिस्पर्धा
२०८२ फाल्गुण ०१ शुक्रवार
- फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक लुम्बिनी प्रदेश अन्तर्गतको एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान चर्चामा रहेको छ ।
काठमाण्डौ, ०१ फाल्गुण । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक लुम्बिनी प्रदेश अन्तर्गतको एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान चर्चामा रहेको छ । यस क्षेत्रमा नेकपा एमालेबाट सुर्य थापा र नेपाली काँग्रेसबाट डा. गोविन्दराज पोखरेल उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
प्युठानमा दुई नगरपालिकासहित ९ स्थानीय तह रहेका छन् । जसमा प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिकासहित ऐरावती गाउँपालिका, गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका, नौहिनी गाउँपालिका, मल्लरानी गाउँपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिका रहेका छन् ।
निर्वाचन आयोगका अनुसार प्यूठान मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ६५ हजार ४०६ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा २३० मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को निर्वाचनमा प्युठानबाट नेकपा एमालेका सुर्य थापा विजयी भएका थिए । थापाले ४१ हजार ११८ मत प्राप्त गरेका थिए । दोस्रो भएकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८१४ मत प्राप्त गरेकी थिइन् । उनलाई काँग्रेस-माओवादी केन्द्रसहितको गठबन्धनले समर्थन गरेको थियो । त्यस्तै यस क्षेत्रमा रास्वपाका कृष्ण प्रसाद पोख्रेलले ३ हजार ३१८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी २०७९ को समानुपातिकतर्फ प्युठानमा नेकपा एमालेले ३३ हजार ८०४ मत पाएको थियो भने काँग्रेसले १७ हजार ८५१ मत पाएको थियो । त्यस्तै माओवादी केन्द्रले १३ हजार ३०३ र जनमोर्चाले ९ हजार ९५९ मत पाएको थियो । त्यस्तै रास्वपाले ५ हजार ८५१ मत पाएको थियो ।
उम्मेदवार- २०८२
यस निर्वाचनमा प्युठानमा राजनीतिक दल र स्वतन्त्र गरेर १४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । नेकपा एमालेबाट सुर्य थापा फेरी उम्मेदवार बनेका छन् भने काँग्रेसबाट डा. गोविन्दराज पोखरेल । त्यस्तै, नेकपाबाट कृष्ण ध्वज खड्का र रास्वपाबाट सुशान्त वैदिक उम्मेदवार बनेका छन् । त्यस्तै, राप्रपाबाट धनेश्वर पण्डित र राष्ट्रिय जनमोर्चाबाट तिलकबहादुर जिसी उम्मेदवार बनेका छन् ।
निष्कर्ष:
अघिल्लो निर्वाचनमा काँग्रेस-माओवादी केन्द्र र जनमोर्चाको गठबन्धन रहेको बेला एमालेका सुर्य थापाले सजिलै चुनाव जितेका थिए । संगठनका हिसाबले एमालेको बलियो पकड मानिएको प्युठानमा यस पटक सबै दल अलग अलग चुनावी मैदानमा रहेकाले यस पटक थापालाई सहज नै हुने आकलन गरिएको छ ।
सुर्य थापाको मुख्य चुनौती भनेको देशभर आमरुपमा एमालेप्रतिको नकारात्मक वातावरण हो । यसको असर प्युठानमा कति पर्छ र मतदाताले कसरी हेर्छन् त्यसकै आधारमा थापाको जितको अधार तय हुने छ । त्यसो त काँग्रेसका उम्मेदवार पोखरेल पनि बलिया उम्मेदवार हुन् । अघिल्लो चुनावमा गठबन्धनका कारण उम्मेदवार बन्न नपाएका पोखरेल २०७४ मा जनमोर्चाकी दुर्गा पोखरेलसँग पराजित भएका थिए । प्युठानमा रास्वपाको पनि उल्लेख्य प्रभाव देखिएपनि मुख्य प्रतिष्पर्धा भने थापा र पोखरेलबीच नै हुने देखिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।