ओलीले तिब्र बनाए भेटघाट, आक्रामक रणनीति बनाउदै बालेन

२०८२ माघ ०७ बुधवार
सारांश
  • मंगलबार मनोनयन दर्ता गरेपछि ओलीले बुधबार बिहानदेखि विभिन्न वडाका नेता कार्यकर्तासँग छलफल थालेका हुन् । उनले युवाहरुसँग छलफल गर्दै आफ्नो क्षेत्रमा जारी विकास निर्माणका कामको प्रगति र आगामी योजनाका बारेमा छलफल गरिरहेका छन् ।

दमक : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा भेटघाट तीव्र बनाएका छन् । दमक पुगेका उनले एमालेका तल्लो स्तरका कार्यकर्तासँग छलफल शुरु गरेका हुन् ।

 

मंगलबार मनोनयन दर्ता गरेपछि ओलीले बुधबार बिहानदेखि विभिन्न वडाका नेता कार्यकर्तासँग छलफल थालेका हुन् । उनले युवाहरुसँग छलफल गर्दै आफ्नो क्षेत्रमा जारी विकास निर्माणका कामको प्रगति र आगामी योजनाका बारेमा छलफल गरिरहेका छन् ।

 

ओलीविरुद्ध बालेन शाहले रास्वपाबाट उम्मेदवारी दिएपछि झापा यस चुनावको इपिसेन्टर बनेको छ । अर्कोतर्फ बालेनले पनि विभिन्न समुह र व्यक्तिहरुसँग भेटघाट तिब्र बनाएका छन् । दमकमा बालेनको पक्षमा खुल्नेहरुको संख्या पनि बढिरहेको छ  । यसअघि राप्रपा दमकका सभापतिले राजीनामा दिएर बालेनको समर्थन गरेका थिए भने बुधबार बिहान एमाले निकट युवा संघका दमक अध्यक्षले पनि पार्टी छोडेर बालेनको समर्थन गरेका छन् ।

 

मनोनयन दर्तासँगै ओली र बालेनले आगामी दिनमा थप आक्रामक रुपमा चुनावी प्रचार गर्ने संकेत गरेका छन् 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार