काँग्रेस विशेष महाधिवेशन: निर्वाचन तालिका सार्बजनिक, आजै राति ९ बजेदेखि मतदान
२०८२ पुष २९ गते मङ्गलवार
- निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।
सार्वजनिक कार्यतालिका अनुसार, आजै साँझ ९ बजेदेखि मतदानको समय तोकिएको छ ।
सार्वजनिक कार्यतालिकामा मध्यान्ह साढे १२ बजे नै प्रथम मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावलीउपरको दाबी विरोध र छलफल साढे १ बजे र २ बजे अन्तिम मतदाता नामावली सार्बजनिक गर्ने रहेको छ । त्यस्तै २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता, साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन, साढे ४ देखि ५ बजेसम्म दाबी विरोध, साढे ५ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी फिर्ता, ८: ४५ मा उम्मेदारको अन्त्तिम नामावली प्रकाशन र राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने तालिका सार्बजनिक गरिएको छ ।
बन्दसत्रले आजै बनाएको पाँच सदस्यीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’