- भविष्यमा कोही पनि दुईपटकभन्दा बढी प्रधामन्त्री बन्ने नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीको कार्यकाल, गैरआवासीय नेपाली नागरिकका मुद्दा, राजनीतिक नियुक्ति, पार्टीभित्र उमेदवार चयनलगायत विषयमा सुधारको प्रस्ताव गरेका छन् ।
शर्माले चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने अभ्यासलाई सच्याउनुपर्ने प्रतिवेदनमा उल्लेख गर्दै कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुईपटकभन्दा बढी प्रधामन्त्री बन्ने नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।
त्यस्तै महामन्त्री शर्माले गैरआवासीय नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गरिने जनाएका छन् । प्रतिवेदनमा संविधानको भावना र सम्मानित सर्वोच्च अदालतको आदेशबमोजिमको बन्दोबस्त मिलाउन सहजीकरण, दबाब र नेतृत्वको भूमिका निभाउने संकल्प यो विशेष महाधिवेशनले गर्ने उल्लेख गरेका छन् ।
पार्टीभित्र उमेदवार सिफारिस गर्न प्राइमरी चुनाव गर्ने प्रस्ताव गरेका छन् । उनले आफ्नो प्रतिवेदनमा प्रशासनिक ढिला सुस्तीको निराकरणको खोजी, सामाजिक विसंगति विरुद्ध सजगता, बीमा ब्रान्डिङ, अनौपचारिक क्षेत्रका श्रमिक सम्पर्क, लागु पदार्थ विरुद्ध युवा अभियान, स्वदेश फर्किएकालाई स्वदेशमै पुनर्स्थापित गर्ने योजना, शैक्षिक क्षेत्रको सुधार, पार्टी सदस्यको आत्मनिर्भर उद्यम अभियान जस्ता विषय आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उनले पार्टीले विगतका गल्तिहरुको पहिचान गरेर सच्याउने र त्यसलाई कार्यान्वयन गर्ने उल्लेख छ । साथै उनले आगामी निर्वाचनमा कुनै पनि दल सँग गठबन्धन नगरेर निर्वाचनमा जाने प्रस्ताव गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।