योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ
२०८२ पुष २४ गते विहीवार
- आफूमाथि योजना बनाएर प्रतिशोध साँध्नेहरुलाई माफि गर्ने छाती आफूसँग भएको धारणा राखे ।
काठमाडौं: रास्वपाका सभापति रवि लामिछानेले अब देशको भविष्य लेख्ने जिम्मा जनताको हातमा भएको भन्दै पुराना दललाई प्रतिपक्षमा समेत राख्न नहुने बताएका छन् ।
बिहीबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिङ्गो देशलाई पुराना दलहरुले जेल बनाएको बताउँदै अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने लडाइँ बाँकी रहेको बताए ।
उनले भने, ‘अब हामीले आफ्नो भविष्य आफैँले लेख्ने हो । यिनलाई प्रतिपक्ष पनि नराख्ने हो । किन राख्ने प्रतिपक्षमा ? के का लागि राख्ने ? कलिला बालबालिकाहरूको टाउको र छातीमा ताकीताकी गोली हान्नका लागि राख्ने यिनीहरूलाई ? नराख्ने म स्पष्ट गर्न चाहान्छु । मलाई कटाक्ष गर्नु छैन, पीर त छ मलाई, राज्यले म माथि जुन दमन गर्यो चित्त त दुखेको छ । तर यो कुरा मेरो निजी रहेन, मेरो व्यक्तिगत रहेन । सिङ्गो देशको कुरा हो । मैले कारागारबाट भनेको थिए यिनले मलाई जेल हाले भनेर किन चिन्ता गर्नु, जबकि सिङ्गो देशलाई यिनीहरूले जेल बनाएका छन् । अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने हो । यो लडाइँ बाँकी छ भने पनि मलाई लड्न कुनै आपत्ति छैन ।’
यस्तै सभापति लामिछानेले देशको पीडाको अगाडि आफ्नो पीडा ठूलो नभएको भन्दै आफूमाथि योजना बनाएर प्रतिशोध साँध्नेहरुलाई माफि गर्ने छाती आफूसँग भएको धारणा राखे ।
‘मेरो व्यक्तिगत पीडा देशको अगाडि केही ठूलो कुरा हैन् । त्यसलाई हिसाब गर्दै गरौंला । म त प्रतिशोधमा पनि छैन् । जसले ममाथि योजना बनाएर प्रतिशोध साँधे मसँग तिनलाई माफि गर्ने छाती छ ।’ उनले भने ।
त्यस्तै उनले आफूमाथि अझै पाँच ठाउँमा तरबार झुन्डाइएको भन्दै त्यो जुनसुकै बेला खस्नसक्ने बताए । पटक पटकको मुद्दा मामिला र झमेलाले जनतालाई गरेको कयौँ बाचाहरू पुरा गर्न नपाएको भन्दै आफ्ना लागि जनताले बगाएको आँसुको एउटा थोपा पनि खेर फाल्न नदिने प्रतिबद्धता जनाए ।
उनले भने, ‘म माथिको तरबार अझै पाँच ठाउँमा झुन्डिएको छ । कुनै पनि बेला खस्न सक्छ , खसोस् तर मलाई प्रवाह छैन । तर यो देशलाई यिनीहरूको जालबाट मुक्त गराएरै छोड्ने हो । उपस्थित आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरू, तपाईँले निर्वाचित गर्नुभएको सांसदको रूपमा मैले धित मर्ने गरी काम गर्नै पाइनँ । म तपाईँको घर आँगनमा आउनै पाइनँ, पटक पटकको मुद्दा मामिला र झमेलाले मैले गरेका कयौँ बाचाहरू पुरा गर्न नै पाइनँ, त्यो अवसर नै पाइनँ तर पनि तपाईँहरूले मेरा लागि बगाउनुभएको आँसु मलाई याद छ । त्यो आँसुको एउटा एउटा थोपा खेर फाल्न दिने छैन ।’ उनले भने,
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।