समानुपातिक सूची विवाद: अवसरवादी र परिवारवादबाट बाहिर निस्किन राप्रपा नेतृत्वलाई ज्ञानेन्द्र शाहीको आग्रह

२०८२ पुष १८ शुक्रवार
सारांश
  • प्रवक्ता शाहीले राप्रपाको नेतृत्वलाई अवसरवादी र परिवारवादबाट बाहिर निस्किन आग्रह गर्दै विपन्नताबाट संसदको आवाज बन्ने समानुपातिक व्यवस्थाका हकदार जो हुन् उनीहरूलाई उनीहरूको हक उपलब्ध गराउन माग गरेका छन् ।

काठमाडौँ : राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेतृत्वलाई समानुपातिक सूचीप्रति असन्तुष्टि जनाउदै सच्याउन आग्रह गरेका छन् । 

 

प्रवक्ता शाहीले राप्रपाको नेतृत्वलाई अवसरवादी र परिवारवादबाट बाहिर निस्किन आग्रह गर्दै विपन्नताबाट संसदको आवाज बन्ने समानुपातिक व्यवस्थाका हकदार जो हुन् उनीहरूलाई उनीहरूको हक उपलब्ध गराउन माग गरेका छन् ।

 

उनले भनेका छन्- 'समानुपातिक बन्दसूची सच्याउने समय ७ दिनको तोकियो,  समयमै राप्रपाले  विचार गरौँ । विपन्नताबाट संसदको आवाज बन्ने समानुपातिक व्यवस्थाका हकदार जो हुन् उनीहरूलाई उनीहरूको हक उपलब्ध गराउनुहोस् । राप्रपाका नेतृत्वहरू अवसरवादी र परिवारवादबाट बाहिर निक्लिनुहोस् ।'

 

राप्रपाले बुझाएको समानुपातिक सूचीमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ श्रीमती तथा राप्रपा महिला संगठनकी नेता सरस्वती लामासहितको नाम राखिएको प्रति विवाद भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार