जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन् : माधव नेपाल
२०८२ पुष १६ बुधवार
- उनले यस्तो कामले सरकारमाथि पनि प्रश्न खडा भएको भन्दै प्रधानमन्त्रीको ध्यान आकर्षण गरेका छन् ।
काठमाडौं: नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले भदौ २४ गतेको घटनामा तोडफोड गर्ने तोडफोडकारीको पहिचान भएपनि कारबाही नभएको बताएका छन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले २४ गतेको घटना अत्यन्तै आपत्तिजनक भएपनि त्यो घटनामा सहभागि मानिसको पहिचान भएपनि कारबाही नहुनु झन् बढी गम्भिर विषय भएको बताए ।
उनले यस्तो कामले सरकारमाथि पनि प्रश्न खडा भएको भन्दै प्रधानमन्त्रीको ध्यान आकर्षण गरेका छन् ।
उनले भने, ‘२४ गतेको घटना जुन भएको छ । त्या अत्यन्तै आपत्तिजनक र दण्डनिय छ । म प्रधानमन्त्रीलाई भन्न चहान्छु त्यसप्रति सरकार गम्भिर देखिएन्, उद्धार देखिएको छ । यो उद्धार देखिनु धेरै नै गम्भिर कुरा पनि हो । भिडियोले देखाइ रहेको छ, तोडफोड गर्ने तोडफोडकारी को को हुन् थाहा भईरहेको छ तर गिरफ्तार हँुदैनन्, दण्डित हुँदैनन् । चोरी गरेर लगेर राखेको छ, चोरीको सामान देखिएको छ तर त्यसलाई कुनै सजाय दिइँदैन् ।’
यस्तै, उनले दुई तिहाई सरकार छ भनेर स्थायित्व आयो भन्ने अवस्था पनि नरहेको भन्दै यसले घमण्डि नेताहरु, सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिको विकास र नीतिको निरन्तरतामा समस्या खडा गर्ने प्रवृत्ति बढ्ने बताए ।
वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने कुराको साथै केही संरचनाहरुमा सुधारमा समय दिनुपर्ने रहेको पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’