एमालेको उपमहासचिवमा भट्ट, महासेठ र भट्टराई विजयी

२०८२ पुष ०३ विहीवार
सारांश
  • लेखराज भट्टले सबैभन्दा बढी १४५२ मत प्राप्त गरेका छन् भने रघुवीर महासेठले १३६८ र योगेश भट्टराई १३४८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

काठमाडौं: नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।

 

लेखराज भट्टले सबैभन्दा बढी १४५२ मत प्राप्त गरेका छन् भने रघुवीर महासेठले १३६८ र योगेश भट्टराई १३४८ मत प्राप्त गर्दै विजयी भएका हुन् । विजयी भट्टराई ईश्वर पोखरेल पक्षबाट उम्मेदवार बनेका थिए ।

 

त्यस्तै ओली निकट मानिएका नेता विष्णु रिमाल भने पराजित भएका छन् । उनले १०९१ मत प्राप्त गरेका छन् ।  त्यस्तै आनन्दप्रसाद पोख्रेलले ६३५ मत, वैजनाथ चौधरीले ५१७ र राजेन्द्रप्रसाद गौतमले २७० मत प्राप्त गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार