- पार्टीको ११औँ महाधिवेशनमा बोल्दै उनले सपना मात्र नदेखेर एमाले प्रत्येक दिन यात्रामा एक पाइला अघी बढीरहेको बताए ।
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक र राजनीतिक उपलब्धिहरूको चर्चा गर्दै एमालेको योगदान र भविष्यप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको ११औँ महाधिवेशनमा बोल्दै उनले सपना मात्र नदेखेर एमाले प्रत्येक दिन यात्रामा एक पाइला अघी बढीरहेको बताए ।
अध्यक्ष ओलीले भने, ‘हामी सपना त देख्छौं तर सपना मात्रै देख्दैनौं, सपना मात्रै बाड्दैनौं । प्रत्येक दिन यस यात्रामा एक पाइला अघी बढ्छौं । हामीले नेतृत्व गर्दा मुलुकले हासिल गरेको आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तर उन्नतिका लागि भएका कामहरूले यसको पुष्टि गर्दछ । विरासतको यो सूची लामो बनाउन सकिन्छ, तर मलाई विश्वास छ एमालेको पहिचानको त्यो सूची तपाईंहरूको मनभित्रै कुडिएको छ ।’
साथै उनले सबै बाधा छिचोलेर आजसम्म आइपुग्दा एमाले जनताको मनमनमा र मुटुमुटुमा बसेको बताए । ‘सबै बाधा छिचोलेर हामी यहाँ छौं । यिनै विरासतले गर्दा आज पनि यो पार्टी जनताको मनमनमा छ, मुटुमुटुमा छ,’ उनले थपे, ‘हामी राजनीतिलाई एक्लै र लोकतन्त्रलाई राजनीतिको घेराभित्र मात्रै सीमित राख्दैनौं । परिपूर्ण लोकतन्त्रको पक्षमा छौं । राजनीति सिंगो नेपाल र सबै नेपाली जनताको सुरक्षा, सम्मान र उन्नतिका लागि हुनुपर्दछ । राजनीति मानव र मानव संसाधनको विकास र खुशियालीसँग सम्बन्धित हुनुपर्दछ। हाम्रो राजनीति हाम्रो लागि मात्र होइन, विश्व शान्ति, विश्व वातावरण र विश्वव्यापी रुपमा सामाजिक न्याय, समानता र मानव अधिकारको पक्षमा हुनुपर्दछ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’