- उनले सामाजिक संजाल फेसबुकमा जितपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित आफ्नो जलेको घरमा सुदन गुरुङ प्रवेशगरी धम्कीपूर्ण व्यवहार गरेको लेखेका छन् ।
रौतहट : बारा क्षेत्र नम्बर ४ को निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले आफ्ना कर्मचारी तथा कामदारप्रति भएको धम्कीपूर्ण व्यवहारको आपत्ति व्यक्त गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा जितपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित आफ्नो जलेको घरमा सुदन गुरुङ प्रवेशगरी धम्कीपूर्ण व्यवहार गरेको लेखेका छन् ।
भदौ २४ गते जलाइएको घर पुनर्निर्माण गरिरहेका आफ्ना कर्मचारी तथा कामदारलाई धम्क्याउँदै फेरि जलाउँछु भन्ने चेतावनी दिएको श्रेष्ठले सामाजिक संजालमा उल्लेख गरेका छन् ।
मंसिर ३ र ४ मा सिमरामा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । एमाले नेता श्रेष्ठले जेनजीका नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारसमक्ष माग गरेका छन् । उनले सिमरा घटनाका घाइतेहरूको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारसँग माग समेत गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
-
नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न
-
बजेटप्रति असन्तुष्टि जनाउदै सुदूरपश्चिमा एमालेका सांसदले दिए राजीनामा
-
एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’