कम्युनिस्ट एकताको आवश्यकता छ तर स्पष्ट आधार बिना सम्भव छैन : माधव नेपाल

२०८२ कार्त्तिक १२ बुधवार
सारांश
  • बुधबार बसेको बैठकमा उनले मुलुक संक्रमणकालीन अवस्थामा रहेको, लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता तथा सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा मौजुदा रहेको चेतावनी दिए ।

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको तेस्रो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट सैद्धान्तिक तथा संगठनात्मक आधार निर्माण नभइकन पार्टी एकता सम्भव नहुने बताएका छन् ।

 

बुधबार बसेको बैठकमा उनले मुलुक संक्रमणकालीन अवस्थामा रहेको, लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता तथा सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा मौजुदा रहेको चेतावनी दिए । उनले राजनीतिक दलहरूमाथिको बढ्दो प्रहारलाई पनि गम्भीर चुनौतीको रूपमा व्याख्या गर्दै यसका विरुद्ध एकजुट भएर अघि बढ्नु आजको अनिवार्य दायित्व रहेको उल्लेख गरे ।

 

नेतृत्वद्वारा प्रस्तुत प्रतिवेदनमा संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा राष्ट्रिय हितको संरक्षणका लागि सहकार्य र आवश्यक परे संघर्ष गर्नुपर्ने धारणा समेटिएको छ । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनाव निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सरकार र समस्त सरोकारवालालाई समेत उनले आग्रह गरे ।

 

समाजवादी मोर्चाको महत्वबारे बोल्दै अध्यक्ष नेपालले विभिन्न आन्दोलन र अभियानमा सो मोर्चाले महत्वपूर्ण योगदान पु¥याएको दाबी गरे । उनले वाम एकता तभी सम्भव हुने स्पष्ट पारे । जब पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, कार्यक्रम, संगठनात्मक सिद्धान्त, रणनीति तथा कार्यदिशा जस्ता मूलभूत विषयमा पूर्ण समानता र सहमति निर्माण हुन्छ ।

 

उनले भने, “समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो क्रान्तिकारी शक्तिको आवश्यकता पर्छ, र त्यो यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको एकताबाटै बन्न सक्छ ।” तर उनले चेतावनी दिए, “यी सबै अवधारणा छाडेर कसैसँग पनि पार्टी एकता हुन सक्दैन, गरिदैन ।”

 

प्रतिवेदनमा माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त, वैज्ञानिक समाजवादलाई लक्ष्य, दलाल पूँजीवादी वर्गविरुद्धको संघर्षलाई मुख्य कार्यदिशा बनाउँदै राष्ट्रको विकास, स्वतन्त्रता तथा जनअधिकारको पक्षमा दृढतापूर्वक उभिन पार्टी कटिबद्ध रहेको स्पष्ट गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार