राष्ट्रिय जेनजी पार्टी नेपाल दल दर्ताका लागि आयोगमा निवेदन
२०८२ कार्त्तिक ०३ सोमवार
- हिराप्रसाद सेती उर्फ किरण विक अध्यक्ष रहेको दलमा प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेको दल दर्ताको निवेदनमा उल्लेख छ । दलको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा राखिएको छ
काठमाडौँ : निर्वाचन आयोगमा 'राष्ट्रिय जेनजी पार्टी नेपाल' नामको दल दर्ताका लागि निवेदन दिइएको छ। पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ राखिएको छ ।
हिराप्रसाद सेती उर्फ किरण विक अध्यक्ष रहेको दलमा प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेको दल दर्ताको निवेदनमा उल्लेख छ । दलको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा राखिएको छ । पार्टीमा मुना विक उपाध्यक्ष, गोपाल आचार्य महासचिव तथा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ सचिव रहेका छन् ।
साथै युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई पार्टीका आधार स्तम्भका रूपमा उल्लेख गरिएको छ ।
आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न दिएको समय नजिकिदै गर्दा नयाँ दल दर्ता भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’