- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपो–बेबी’ भन्दै बालबालिकामाथि आक्रमण गरिएको बताएका छन् ।
काठमाडौँ, १ कार्त्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपो–बेबी’ भन्दै बालबालिकामाथि आक्रमण गरिएको बताएका छन् ।
शनिबार भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले दुनियाँमा फैलिएको डेंगु र कोभिड जस्तै खतरनाक ‘नेपो बेबी’ अभियान चलेको बताए ।
उनले भने, ‘दुनियाँमा फैलिएको डेंगु भन्दा खतरनाक र कोभिड जस्तै खतरनाक नेपो बेबी । अब त्यो बच्चाको के दोष ? यो समाज हो की मान्छेहरुको भीड मात्रै हो । यो सभ्य समाज हो की, असभ्यहरुको जमातको भीड हो ? अहिले बालबालिकाहरुलाई त्रसित बनाइएको छ । नेपो बेबी भनेर बालबालिकामाथि आक्रमण गरिएको छ । के सिक्दैछ हाम्रो समाज अनि हामी त्यही हल्लाको पछि लाग्ने हो ?’
साथै उनले हाल देशमा शान्ति र स्थायित्वको आवश्यकता रहेको भन्दै सरकारले त्यसको विरोध गरेको आरोप लगाएका छन् । ओलीले देशमा आतंक फैलिएको र सरकारले त्यसलाई नियन्त्रण गर्नुको सट्टा शान्तिको पक्षमा बोलेकामा आफूप्रति रिस व्यक्त गरिरहेको दाबी गरे ।
उनले भने, ‘हामीले बेठिक कुराहरू, बेठिक हावाहरू, ‘नेपो बेबी’ जस्ता नचाहिने कुरा सिक्नु हुँदैन । यो कुनै सभ्यता पनि होइन, केही पनि होइन । देशमा अहिले आतंक छ । यस्ता गतिविधिहरू अब पनि नरोक्ने ?’
ओलीले पछिल्ला दिनहरूमा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी, लुटपाटजस्ता घटनाप्रति आक्रोश व्यक्त गरे । उनले प्रश्न गरे, ‘सामान लुट्दै–चोर्दै भाग्दै गर्न हुँदैन भनेको सुनेर सरकार रिसायो होला ? आगो लगाउनु हुँदैन भनेकोमा रिसायो होला ? शान्तिको कुरा गरेको सुनेर रिसायो होला ?’
सरकारप्रति कटाक्ष गर्दै ओलीले थपे, ‘सरकारलाई रिस उठेपनि, जसलाई उठेपनि म भन्न चाहन्छु यो देशमा नेकपा एमाले पनि छ । हामी लडेर भए पनि देशलाई शान्तिपूर्ण देशको रूपमा परिणत गरेरै छाड्छौं ।’
उनले सामाजिक सन्तुलन भंग गर्ने र हिंसात्मक गतिविधिबाट लाभ उठाउने प्रयासहरूलाई अस्वीकार्य ठहर गरे । ‘अर्काको सम्पत्ति लुटेर आफ्नो जीविकोपार्जन चलाउने, अधुरो खुसीका लागि हिंसा मच्चाउने, अर्काको घरमा आगो लगाउने—कस्तो रिस हो यो? कस्तो आक्रोश हो?’ ओलीले प्रश्न गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’