दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई काँग्रेसको चेतावनी

२०८२ असोज १५ बुधवार
सारांश
  • नेताहरूमाथि बदलापूर्ण आक्रमण गर्ने प्रवृत्तिले राजनीतिक प्रतिशोधलाई प्रस्ट पारेको कांग्रेसको आरोप छ ।

काठमाडौँ: नेपाली कांग्रेसले  दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई चेतावनी दिएको छ ।

 

कांग्रेसले जेनजीको शान्तिपूर्ण प्रदर्शनको आवरणमा अकल्पनीय ढङ्गले भएको हिंसा, तोडफोड, आगजनी र लुटपाटबाट मुलुकलाई ठुलो क्षति पुर्‍याउने काम भएको  उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिलाई कारबाही नगरी उन्मुक्ति दिन खोजिएकोप्रति आक्रोश व्यक्त गरेको छ ।

 

कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भाद्र २३ र २४ गतेको घटनाको छानबिनका लागि सरकारले न्यायिक आयोग गठन गरेको निर्णय स्वागतयोग्य भए पनि गृह मन्त्रालयले २०८२ असोज ९ गते जारी गरेको विज्ञप्ति र त्यसकै आधारमा गरिएका परिपत्रहरूले संवैधानिक व्यवस्था, विधिको शासन र कानूनी राज्यको धज्जी उडाएको उल्लेख छ ।

 

विज्ञप्तिमा अपराधमा संलग्न प्रमाणित व्यक्तिहरूमाथि खोजतलास नगरी उन्मुक्ति दिने, बरु दल विशेषका नेताहरूमाथि बदलापूर्ण आक्रमण गर्ने प्रवृत्तिले राजनीतिक प्रतिशोधलाई प्रस्ट पारेको कांग्रेसको आरोप छ ।

 

कांग्रेसले सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेताहरूको राहदानी रोक्का गर्ने, आवतजावतमा प्रतिबन्ध लगाउने र छानबिन आयोगलाई नभएको अधिकार प्रदान गरी गैरकानुनी निर्णय गराउने जस्ता कदमहरूले मानवअधिकार र व्यक्तिगत स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुर्‍याएको आरोप लगाएको छ ।

 

कांग्रेसले भनेको छ- 'सकारको नीति दण्डहीनतालाई प्रोत्साहन गर्ने, अपराधीलाई उन्मुक्ति दिने र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति गर्ने हो भने नेपाली जनताले कदापि स्वीकार गर्ने छैनन् ।'

 

कांग्रेसले अन्तरिम सरकारलाई लोकतान्त्रिक सिद्धान्त र संवैधानिक मर्यादा पालन गर्न आग्रह गर्दै तत्काल नीतिगत सुधार गर्न आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार