प्रधानमन्त्रीज्यू तपाईलाई जेनजीले चाहिने भन्दा बढी विश्वास गरे, सम्झौता नगर्नु ठुलो भुल

२०८२ असोज ०९ बिहीवार
सारांश
  • हामी आशावादि छौ सुनलाई पित्तलको भाउमा बेच्नु हुनेछैन ।

काठमाडौँ: सागर ढकालले प्रधानमन्त्री सुशिला कार्कीप्रति जेनजीले चाहिने भन्दा बढी विश्वास गरेको भन्दै आलोचना गरेका छन् ।

 

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेपछि सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सागरले टिप्पणी गरेका हुन् । सागरले ऐतिहासिक क्रान्तिको बलिदान मध्यावधिको लागि मात्रै हो त ? भन्दै प्रधानमन्त्री कार्कीलाई प्रश्न गरेका छन् ।

 

सागरले कार्कीलाई आन्दोलनले होइन राष्ट्रपतिले प्रधानमन्त्री बनाएको बुझिएको भन्दै जेनजीले कार्कीलाई चाहिने भन्दा बढी विश्वास गरेर आन्दोलनको सम्झौता नगरि फर्किनु ठुलो भुल भएको समेत उल्लेख गरेका छन् ।

 

उनले भनेका छन्:  

प्रधानमन्त्रीज्यु, जेनजीले मध्यावधि चुनावको मात्र माग गरेर यति ठुलो बलिदानी गरेका थिएनौं । आन्दोलनकारिको माग नै पुरा नगरि कसरि अगाडि जान सक्छ । यत्रो विश्वकै एतिहासिक क्रान्तिको बलिदान मध्यावधिको लागि मात्रै हो त ? भने पछि हजुरलाई आन्दोलनले होइन राष्ट्रपतिले प्रधानमन्त्री बनाउनु भएको हो भन्ने बुझिन्छ। जेन्जीले हजुरलाई चाहिने भन्दा बढि विश्वास गरेर आन्दोलनको सम्झौता नगरि फर्किनु ठुलो भुल भएको छ। मैले पनि तारान्तार फोन गरेर जेनजी साथीहरुलाई सम्झौता नगरि नफर्किनुस भनेको हो, काँग्रेसको राष्ट्रपतिले अल्झाउने काम गर्नुभयो, जेनजी पनि अल्झिनु भयो । अझै केही बिग्रिएको छैन, हामी आशावादि छौ सुनलाई पित्तलको भाउमा बेच्नु हुनेछैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार