सामूदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक: मन्त्री सिंह
२०८२ भाद्र २० शुक्रवार
- डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले समयानुकूल शैक्षिक संस्थाहरूले आफूलाई अनुकूल बनाउनु आवश्यक रहेको बताए ।
काठमाडौं : उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सामूदायिक विद्यालयहरूमा विद्यार्थीको चाप घट्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले समयानुकूल शैक्षिक संस्थाहरूले आफूलाई अनुकूल बनाउनु आवश्यक रहेको बताए ।
‘अहिलेको समयमा सामूदायिक विद्यालयहरुमा विद्यार्थीको चाप घट्दै गइरहेको छ । बिल्डिङ छन्, इन्फ्रास्ट्रक्चर छन्, तर समयको मागअनुसार तिनीहरूको सदुपयोग गर्न सक्नुपर्छ,’ सिंहले भने, ‘क्याम्पसको व्यवस्थापनले अब सोच्नुपर्ने अवस्था आएको छ ।’
उनले शिक्षा प्रणालीमा आएको परिवर्तनप्रति प्रकाश पार्दै विगतको तुलनामा अहिले शैक्षिक क्षेत्र धेरै फरक भइसकेको उल्लेख गरे । ‘पहिला विषयहरू कम थिए, स्कूल पनि थोरै थिए, अहिले भने मल्टिपल च्वाइसहरू छन्,’ उनले भने, ‘शिक्षामा आएको यो परिवर्तन राजनीतिक परिवर्तनको परिणाम हो ।’
गुणस्तरीय शिक्षा लिन अब विदेश जानुपर्ने आवश्यकता नरहेको बताउँदै उनले अनुशासन र मेहनतका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिए । उनले मेहनत बिना केही सम्भव नहुँने भन्दै अवसरको महत्व बुझ्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘क्वालिटी एजुकेशन लिनका लागि अब हामीले विदेश नै जानुपर्छ भन्ने छैन । तर मेहनत बिना केही सम्भव छैन मेहनत हामी सबैले गर्नैपर्छ । अनुशासनमा बसेर प्राप्त गरेको अवसरहरुको महत्वलाई विद्यार्थीहरुले बुझ्नुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।