- विहिबार भएको मनोनयन दर्तामा कांग्रेस सांसद रामहरी खतिवडाको मात्र मनोनयन दर्ता भएकाले उनी निर्बिरोध निर्वाचित हुने भएका छन् ।
काठमाडौँ, २० भाद्र । आज संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन हुदैछ ।
विहिबार भएको मनोनयन दर्तामा कांग्रेस सांसद रामहरी खतिवडाको मात्र मनोनयन दर्ता भएकाले उनी निर्बिरोध निर्वाचित हुने भएका छन् ।
खतिवडाको प्रस्तावकमा काँग्रेस सांसद श्याम घिमिरे रहेका छन् भने समर्थकमा एमाले सांसद महेश कुमार बर्तौला रहेका छन् । शुक्रबार दिनको ५: १५ बजेका लागि बोलाइएको समितिको बैठकले खतिवडा सभापतिमा निर्वचित भएको औपचारिक निर्णय गर्नेछ ।
यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए ।
यस अघि कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि रिक्त रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’