प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच लिपुलेक मुद्दामा छलफल
२०८२ भाद्र १४ शनिवार
- दुवै नेताहरूले नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न क्षेत्रहरूमा सकारात्मक वार्ता गरेका थिए, जसमा व्यापार, पूर्वाधार र सांस्कृतिक सम्बन्धका विषयहरूलाई छलफल भएको हो ।
थियानजिन, चीन : प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीच आज चीनको थियानजिन शहरमा भएको द्विपक्षीय भेटवार्तामा लिपुलेक विवाद लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको छ ।
दुवै नेताहरूले नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न क्षेत्रहरूमा सकारात्मक वार्ता गरेका थिए, जसमा व्यापार, पूर्वाधार र सांस्कृतिक सम्बन्धका विषयहरूलाई छलफल भएको हो ।
उक्त भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ । साथै नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा समेत राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
-
नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न
-
बजेटप्रति असन्तुष्टि जनाउदै सुदूरपश्चिमा एमालेका सांसदले दिए राजीनामा
-
एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’