लिपुलेक बारे भारत र चीनबीचको सहमतिले नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुऱ्यायो- समाजवादी मोर्चा
२०८२ भाद्र ०६ शुक्रवार
- नेपालको तर्फबाट सत्य-तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आव्हान समेत गरेको छ ।
काठमाडौँ: समाजवादी मोर्चाले लिपुलेक बारे भारत र चीनबीच भएको सहमतिले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भिर आघात पुगेको बताएको छ ।
शुक्रबार समाजवादी मोर्चाका चार नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल नेपाल, नेत्र विक्रम चन्द विप्लव र महेन्द्र राय यादवले विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुऱ्याउने सहमतिप्रति घोर बिरोध तथा असहमति प्रकट गरका हुन् ।
समाजवादी मोर्चाले यस विषयमा सरकारलाई कुटनीतिक पहलबाट सम्बन्धित मूलुकहरुलाई नेपालको तर्फबाट सत्य-तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आव्हान समेत गरेको छ ।
समाजवादी मोर्चाको विज्ञप्ति:
भारत र चीनबीच हालै पुलान- गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारु दुई पक्षीय व्यापार पुर्नस्थापना गर्ने समझदारी भएकोप्रति समाजवादी मोर्चा, नेपालको ध्यान गम्भिर रुपमा आकर्षित भएको छ ।
ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने पुष्टी गर्दछ । नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी छ । यस विषयमा नेपालको तर्फबाट कुटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्नहरू हुन सकेका छैनन् । यसै बीच लिपुलेक बारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भिर आघात पुगेको छ ।
नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुऱ्याउने यस प्रकारको सहमतिप्रति समाजवादी मोर्चा, नेपाल घोर बिरोध तथा असहमति प्रकट गर्दछ । साथै सरकारलाई कुटनीतिक पहलबाट सम्बन्धित मूलुकहरुलाई नेपालको तर्फबाट सत्य-तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आव्हान गर्दछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।