निजी क्षेत्रलाई प्रोत्साहन गर्न गम्भिर भएर लागेका छौं :मन्त्री पाण्डे
२०८२ भाद्र ०४ बुधवार
- बुधबार कलंकी होटल एण्ड गेष्ट हाउस एसोशियसनको १३ औं वािर्षक साधारण सभाको उद्घाटन गर्दै उनले पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको भन्दै निजी क्षेत्रलाई लगानी गर्नको लागि सहज वातावरण बनाउनु पर्ने बताए ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुरामा गम्भिर भएर लागेको बताएका छन् ।
बुधबार कलंकी होटल एण्ड गेष्ट हाउस एसोशियसनको १३ औं वािर्षक साधारण सभाको उद्घाटन गर्दै उनले पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको भन्दै निजी क्षेत्रलाई लगानी गर्नको लागि सहज वातावरण बनाउनु पर्ने बताए ।
उनले भने, ‘निजी क्षेत्रलाई कसरी प्रोत्साहन गर्ने भन्ने कुरामा म धेरै नै गम्भिर भएर लागेको छु । निजी क्षेत्र शिक्षा क्षेत्रमा आयो भने शैक्षिक माफिया भन्छौ, अस्पताल चलाउन आए स्वास्थ्य माफिया भन्छौ । माफिया भनेको के हो त्यसको अर्थ थाहा नभई त्यो शब्दको दुरुपयोग भईरहेको छ । निजी क्षेत्रलाई लगानी गर्ने वातावरण हामीले बनाई दिनु पर्छ । नीति त्यस्तो सहज बनाउनु पर्छ, जसले गर्दा निजी क्षेत्रलाई सहज होस् । मेरो मन्त्रालय त झन् निजी क्षेत्रको सहयोगबिना चल्दै चल्दैँन् ।’
यस्तै, उनले होटल व्यवसायको क्षेत्रमा महिलाको सहभागिता एकदमै न्यून भएको भन्दै यो संख्यालाई बढाउने र स्वंम महिलाहरुले नेतृत्व गरेर यो क्षेत्रमा आफूलाई लगानीकर्ताको रुपमा अगाडि ल्याउने वातावरण दिन सबै लाग्नु पर्ने बताए ।
उनले भने, ‘यो क्षेत्रमा महिला व्यवसायीहरु कति हुनुहुन्छ भनेर हेर्ने हो भने धेरै हुनुहुन्न कम नै हुनुहुन्छ । महिलाको संख्यामा कमि छ । यो संख्यालाई बढाउने र स्वंम महिलाहरुले नेतृत्व गरेर यो क्षेत्रमा आफूलाई एउटा सञ्चालकको रुपमा, लगानीकर्ताको रुपमा अगाडि ल्याउने वातावरण दिन हामी सबै लाग्नु पर्छ । उहाँहरु आउदा यो क्षेत्र अझ राम्रो हुन्छ जस्तो लाग्छ किनभने यो क्षेत्र भनेको आतिथ्यताको क्षेत्र हो । यो क्षेत्रमा जति सुकै पुरुषले काम गरेपनि महिलाहरुले जति आतिथ्यता पुरुषले दिन सकिरहेको छैन् । त्यो देखिएको छैन् ।
त्यसैले आतिथ्यता, सत्कारको क्षेत्रमा महिलाहरु जति आउनु भयो त्यती नै यो क्षेत्रले प्रगती गर्न सक्छ जस्तो लाग्छ ।’
साथै, जति धेरै होटलहरुमा आकर्षण थप्न, मानिसलाई होटलमा बस्ने, खाने वातावरण मिलाउन सकिन्छ त्यति नै पर्यटन क्षेत्रको विकास र विस्तार सम्भव रहेको पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।