रास्वपाको आरोप : प्रधानमन्त्रीको भाषण सुनेर जनता दिग्भ्रमित भए
२०८२ श्रावण २९ बिहिवार
- विहिबार प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै डा. कार्कीले अदालतमा आफ्नै पार्टीका न्यायाधीश बनाउँछौं र निर्णय वफादारीमा हुन्छ भनेका प्रधानमन्त्री ओलीले अदालतको फैसलाको जिम्मा सरकारले लिन नसक्ने बताएको उल्लेख गर्दै यस्ता भाषण सुनेर जनता दिग्भ्रमित भएको टिप्पणी गरेकी हुन् ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. चन्दा कार्कीले संसदमा प्रधानमन्त्रीको भाषण सुनेर जनता दिग्भ्रमित भएको टिप्पणी गरेकी छन् ।
विहिबार प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै डा. कार्कीले अदालतमा आफ्नै पार्टीका न्यायाधीश बनाउँछौं र निर्णय वफादारीमा हुन्छ भनेका प्रधानमन्त्री ओलीले अदालतको फैसलाको जिम्मा सरकारले लिन नसक्ने बताएको उल्लेख गर्दै यस्ता भाषण सुनेर जनता दिग्भ्रमित भएको टिप्पणी गरेकी हुन् ।
उनले हिजो संसदको रोस्ट्रममा उभिएर व्यक्तिगत तहमा उत्रिएर प्रधानमन्त्रीले कुण्ठाको पोको खोलेर गएको बताउदै संसद र प्रधानमन्त्री पदको गरिमाको समेत मानमर्दन भएको बताइन् । साथै उनले ३८ लाखभन्दा बढी नागरिकले हस्ताक्षर मार्फत आफ्नो प्रतिक्रिया दिइसकेको बताइन ।
सांसद कार्कीले प्रधानमन्त्रीले देशमा सुशासन छ भनेको तर मन्त्रीहरू निरन्तर भ्रष्टाचार र काण्डमा मुछिएका छन् भने पुराना काण्डहरू छिनोफानो नहुँदै नयाँ नयाँ - लिचीबारी काण्ड, विधेयक छेड़खानी, फर्जी कार्यक्रममा विदेश भ्रमण काण्ड हरु एक पछि अर्को—सार्वजनिक भइरहेको बताइन ।
उनले सुशासनको भाषण दिनु अगाडि आफ्ना मन्त्रीहरूको काम, आचरण र सम्पत्ति जाँच गर्न, मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्न र देशमा सुशासन को यथार्थमा के अबस्था बुझ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेकी छन् ।
उनले आफुहरु सत्य र न्यायका लागि लडिरहेको बताउदै रवि लामिछानेमाथि भइरहेको अन्याय र ज्यादतीको प्रतिवाद गरिरहेको बताएकी छन् । उनले यो केवल रविको मुद्दा होइन—यो लोकतन्त्रको न्याय प्रक्रियाप्रतिको विश्वासको मुद्दा भएको समेत बताएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।