रास्वपा र राप्रपाले संसदको दुरुपयोग गरे श्याम : घिमिरे
१९ श्रावण, २०८२, सोमवार
- प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै घिमिरेले रास्वपा र राप्रपाले संसदमा उभिएर सधै गालि गलौज गर्ने, भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने गरेको उल्लेख गर्दै अब यसलाई बन्द गरिनुपर्ने बताएका छन् ।
काठमाडौँ : नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपाले संसदको दुरुपयोग गरेको बताएका छन् ।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै घिमिरेले रास्वपा र राप्रपाले संसदमा उभिएर सधै गालि गलौज गर्ने, भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने गरेको उल्लेख गर्दै अब यसलाई बन्द गरिनुपर्ने बताएका छन् ।
उनले भनेका छन्- 'रास्वपा र राप्रपाले ७० दिन देखि संसद बहिष्कार गर्दै आएका छन् । यसले संसदको, सरकारको र जनताको ध्यानाकर्षण भएको छ । यो अभ्यास बन्द भएको छैन । यो कति समयसम्म चल्ने हो । संसदमा उभिएर सधै गालि गलौज गर्ने, भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने, भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर नजाने को हुनुहुन्छ । यो के भन्न खोजेको हो ।'
प्रमुख सचेतक घिमिरेले रास्वपा र राप्रपाले गोयबल्स शैलीमा झुटो कुरा प्रचार गरेर आम जनतालाई भ्रमित गर्ने र संसदलाई दुरुपयोग गरेको समेत आरोप लगाएका छन् । उनले भनेका छन्- 'गोयबल्स शैलीमा झुटो कुरा प्रचार गरेर आम जनतालाई भ्रमित गर्ने र संसदलाई दुरुपयोग गर्ने अभ्यास चलेको छ, यो बन्द हुनु पर्छ, कांग्रेसको यसमा गम्भीर आपत्ति छ । यो प्रथालाई अब अन्त्य गरिएन भने संसदको गरिमा पनि रहदैन महत्व पनि रहदैन ।'
साथै उनले भोलि यसको प्रतिवादमा उत्रिने चेतावनी दिदै त्यस अवस्थामा संसदको गरिमा कस्तो होला भन्दै प्रश्न गरेका छन् । उन्म्ले भने- 'लामो समयदेखि यो निरन्तर अभ्यासको रुपमा जारी रहेको छ, भोली सम्पूर्ण सांसद प्रतिवादमा उभिनु पर्ने हुनसक्छ । यसको प्रतिवादमा उत्रिन थालियो भने संसदको दशा के हुन्छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’